काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)का शिक्षक तथा प्रशिक्षकहरुको संगठन सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल गठन गरिएको छ ।
नेपालभरका सीटीईभीटीका शिक्षक र प्रशिक्षकलाई संगठित गर्दै आफ्नो पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउनेलगायत उद्देश्यसहित डा. सीके सिंहको अध्यक्षतामा १५ सदस्यीय सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल गठन गरिएको हो ।
Advertisement
सोसाईटीको उपाध्यक्षमा सञ्जय बस्नेत, महासचिवमा राजन मानन्धर, सचिवमा जितबहादुर बस्नेत, कोषाध्यक्षमा लिनु थापा र सह–कोषाध्यक्षमा मोनिका श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यमा सुजाता खड्का, शोभा हुमागाइ, दिपेश लामा, सुवर्ण बुढाथोकी, विष्णुप्रसाद कँडेल, नुमकान्त पराजुली, कल्पना बस्याल, जगन्नाथप्रसाद शाह र अनुराज अनु रहेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




