विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर २ करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् । सन् २०१९को डिसेम्बर अन्तिम अर्थात् ३१ मा चीनको वुहान शहरबाट फैलिएको नोवेल कोरोना भाइरसले विस्तारै पछिल्लो साढे सात महिनामा पुरैविश्वलाई आफ्नो चपेटामा लिइसकेको छ । ७ लाख भन्दा भन्दा बढीको मृत्यु यसै भाइरसका कारण भइसकेको छ । अझै कतिले ज्यान गुमाउने हो थाहा छैन ।
विश्वको सर्वोच्च स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठनले कोरोना सङ्क्रमणको दर पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको बताएको छ । जुन क्षेत्रमा कोरोना सङ्क्रमण नियन्त्रण भइसकेको थियो त्यस क्षेत्रमा दोहोरिएर पनि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुन थालेको छ । जसलाई विश्वका विभिन्न देशका वैज्ञानिकहरुले कोरोना महामारीको दोस्रो चरणको लहर भनेका छन् ।
एकातिर कोरोना भाइरस सङ्क्रमणको बढ्दो दर र अर्को तर्फ यस सङ्क्रमण विरुद्धको लडाईंका लागि खोप विकासमा जुटेका विश्वका शक्ति शाली राष्ट्रको अनुसन्धान र खोजले अझै सफलता हाँसिल गर्न सकेको छैन । कुनैपनि ठोस उपचार पद्धति वा खोप तथा औषधि पत्ता लाग्न नसकेको अवस्थामा रुसले कोरोना भाइरस विरुद्धको खोप विकास गरिसकेको दावी गरेपछि धेरैलाई राहत अनुभव भएको छ भने कतिपयले शंका समेत व्यक्त गरेका छन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरस विरुद्धको खोप तयार पारिसकेको र मानिसलाई दिनका लागि तयार रहेको बताएका छन् । उनले वैज्ञानिकहरुले विकासगरेको खोप आफ्नो छोरीलाई लगाइएको पनि बताए । दुई छोरी रहेको पुटिनले कुन छोरीलाई यो खोप लगाइएको हो भन्ने विषयमा खुलाएका छैनन् ।
पुटिनले मानिसमा दुई महिनासम्म परीक्षण गरिएको यस खोपले सबै सुरक्षा मापदण्ड पूरा गरेको र खोपले दोस्रो चरणकै परीक्षणमा उत्कृष्ट नतिजा दिएकाले हामी सफल भएको पनि बताए । रुसले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले अनुमति समेत दिइसकेको छ ।रुसले विकास गरेको खोप आउने जनवरीसम्म बजारमा उपलब्ध हुने पुटिनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि खोप सामान्यतया चार चरणमा विकास हुन्छ । ती हुन्ः
पहिलो चरणः यसचरणमा खोप कतिको सुरक्षित छ भन्ने कुराको सुनिश्चितता गरिन्छ । जसमा कम्तिमा पनि २० देखि एक सय स्वस्थ स्वयंसेवीलाईसहभागी गराउनु पर्ने हुन्छ । त्यसपछि खोप लगाइएको मानिसमा कुनै किसिमको गम्भीर साइड इफेक्ट (नकारात्मक प्रभाव) भए नभएको विषयमा पनि अध्ययन गरिन्छ । त्यसपछि खोपको कति मात्रा दिँदा साइड इफेक्ट भइरहेको छ भन्ने विषयमा पनि अवलोकन गरिन्छ ।
दोस्रो चरणः यस चरणमा एक सय भन्दाबढी स्वयंसेवीलाई सहभागि गराइन्छ । जसमा स्वयंसेवीमा मिल्दोजुल्दो र छोटो समयका लागि कस्ता साइड इफेक्ट देखिन्छ भन्ने विषयमा अध्ययन गरिन्छ । त्यस्तै स्वयंसेवीको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया जनाउँछभन्ने विषयमा पनि हेरिन्छ ।
तेस्रो चरणः यस चरणमा एक सयदेखि एक हजारसम्म वा त्यो भन्दा बढी स्वयंसेवीलाई सहभागि गराउन सकिन्छ । जसमा दुई समूह छुट्याई एक समूहलाई खोप दिइन्छ भने एक समूहलाई खोप दिइँदैन । त्यसपछि खोप लगाइएकाहरुको तुलना खोप नलगाएकाहरुसँग गरिन्छ । जसमा खोप लगाएकाहरु र नलगाएकाहरुमा के कस्तो परीवर्तन भयो भन्ने विषयमा अवलोकनगरिन्छ । त्यसपछि यो खोप कतिको सुरक्षित छ भन्ने विषयमा अवलोकन गर्नुका साथै खोप कतिको प्रभावकारी छ भन्ने विषयमा पनिहेरिन्छ र खोपको कुनै किसिमको साइड इफेक्ट भयो वा भएन भन्ने विषयमा पनि सुनिश्चित गरिन्छ । साथै यसमा उमेर समूह कुन कुन होभनेर पनि देखिन्छ र कुनैपनि उमेर समूहमा त्यसले प्रभावकारी काम गरेन भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने हुन्छ ।
चौथो चरणः खोपकोतेस्रो चरणले राम्रो नतिजा दिएपछि त्यसको चौथो चरणमा अनुमतिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । (उदाहरणका लागिः यदि अमेरिकालेकुनैपनि खोप विकास गरेको छ र त्यसले तीनवटै चरण सफलतापूर्वक पार गरिसकेको छ भने त्यसलाई चौथो चरणमा त्यहाँको फुड एन्डड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन्छ । कि खोपले मानिसमा राम्रोसँग काम गरिरहेको छ ।) त्यस्तै जुन मुलुकले खोप विकास गरेपनिउसको खोपलाई मान्यता त्यहीको सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ । यसमा खोपको छोटो तथा लामो समयका लागि हुने गरेको साइडइफेक्टको बारेमा पनि अध्ययन गरिन्छ । यस चरणमा खोपको सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसलाई मान्यता दिएर नागरिकको उपयोगका लागि उत्पादन गरेर बजारमा ल्याइन्छ ।
कुनैपनि मुलुकले खोप बनाइसकेपछि त्यसको विश्व व्यापीकरण विश्वस्वास्थ्य संगठनले गर्छ भने दोस्रोमा विश्वका अधिकांश मुलुकले अनुमति दिएको अमेरिकाको फुड एण्ड एडमिनिस्ट्रेशनले मान्यतादिएपछि त्यो खोप वा औषधि प्रयोगमा ल्याउन सक्छन् । तर, अहिलेको अवस्थामा रुसले विकास गरेको खोप यदि अमेरिका सहितका अन्य मुलुकले आफ्नो देशमा माग गर्यो भने त्यसका लागि यस खोपको विषयमा एफडिएले भने मान्यता दिनुपर्ने हुन्छ ।
रुसले दुईमहिनाको अवधिमा मात्रै खोप तयार गरेको छ । यो खोप रुसको गेमालेया इन्स्टीच्यूटले विकास गरेको हो । जसको नाम ‘स्पुतनिक भी’ दिइएको छ । रूसी भाषामा ‘स्पुतनिक’ शब्दको अर्थ स्याटेलाइट हो । स्याटेलाईट रूसले पहिलोपटक बनाएको थियो । जसको नामपनि स्पुतनिक राखिएको थियो । त्यसैले कोरोना विरुद्धको खोप रुसले पहिलोपटक विकास गरेकाले यसको नाम पनि स्पुतनिक राखेकोहो । तर, रुसले पहिलोपटक खोप विकास गरेर मान्यता दिइसकेको अवस्थामा विश्वका विभिन्न मुलुकले यसको विरोध जनाउन थालेकाछन् । विशेषगरी अमेरिका र युरोपीय देशले यसको विरोध गरेका छन् । यसमा राजनीतिकरण हुँदैछ की भन्ने भान हुन्छ । रुसको सम्बन्ध युरोपीय मुलुक र अमेरिकासँग राम्रो छैन । कारण रुस विश्वको एक मात्र मुलुक हो जो आफ्नो बलमा शक्तिशाली बनेको छ ।
युरोप रएसिया महादेशको सीमामा पर्ने रुसको सम्बन्ध चीनसँग भने राम्रो छ । तर, चीनको सम्बन्ध अमेरिका र अन्य युरोपीय मुलुकसँग राम्रो छैन। यस अवस्थामा रुसले खोपको विकास गरे भनेर दावी गरिसकेपछि उसलाई ठूलो फाइदा हुने भएपछि रुसको खोपको विरोध हुनथालेको छ । किनभने विरोध गर्नेमा अमेरिका र युरोपीय मुलुकहरु मात्रै छन् । जसले प्रष्ट हुन्छ की रुसको खोपको विरोध रुसको सफलतालाई रोक्नका लागि हुन सक्छ ।
रुसले विकास गरेको खोप बजारमा आएपछि त्यसले इतिहास नै बनाउने छ । रुसको खोपलाई विश्व स्वास्थ्य संगठनले यदि विश्व व्यापीकरण गर्यो भने खोपको माग स्वभाविक नै बढ्ने छ । जसले रुसको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रुसको औषधिमा भएको उपलब्धीले पनि ठूलो जस कमाउने छ ।
कोरोना महामारीको क्रममा रुसले विकास गरेको खोपका लागि विश्वका २० भन्दा बढी मुलुकले माग गरिसकेको रुसले नै दावी गरेको छ । जसमा ल्याटिन अमेरिकन मुलुकहरु पनि छन्। रुसले बाँकी रहेको तेस्रो र चौथो चरणको परीक्षण मापदण्ड अनुसार पूरा गर्यो भने अबको ४ महिनामा खोप बजारमा सर्वसाधारणकालागि उपलब्ध हुनेछ ।
यता, रुसले विकास गरेको खोपको विषयमा विश्व स्वास्थ्य संगठन अन्तर्गत प्यान–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले प्रतिक्रिया दिएका छन् । उनले रुसले विकास गरेको कोरोना विरुद्धको खोपसम्बन्धी कुनै जानकारी नभएको हुनाले यसको मूल्यांकन गर्न नसकिने बताए ।
उनको यो प्रतिक्रिया सार्वजनिक भएपनि विश्व स्वास्थ्यसंगठनको मुख्य कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । संगठनको नियमित प्रेस ब्रिफिङमा संगठनका कुनैपनि व्यक्तिले प्रतिक्रियाजनाएका छैनन् । युरोपीय मुलुक फ्रान्स, जर्मनी, बेलायत लगायतले पनि रूसले विकास गरेको खोपप्रति आशंका व्यक्त गरेका छन् । यस्तै रूसले जुन गतिमा कोरोना भाइरस विरुद्धको खोप बनेको दावी गरेको छ त्यसमा विश्वका अन्य वैज्ञानिकहरुले पनि आशंका व्यक्तगरेका छन् ।
यूनिभर्सिटी कलेज लण्डनका बायोलोजिस्ट प्रोफेसर फ्रान्को इसब्यालूक्सले रुसले ठूलो परिमाणमा मानिसमाथि गर्नलागेको खोपको परीक्षण मुर्खतापूर्ण रहेको बताएका छन् । बेलायतकै साउथ ह्याम्पटन यूनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चर मिशेलहेडले पनि रुसले विकास गरेको कोरोना विरुद्धको खोप कति विश्वसनीय छ भन्ने कुराको कुनै प्रमाण फेला नपरेकाले तत्काल ठूलो जनसंख्यामा परीक्षण गर्नु गलत हुन सक्ने प्रतिक्रिया दिएका छन् । यस्तै कतिपयले रुसले विकास गरेको खोप थोरै मानिसमा परीक्षणगरिएको आरोप समेत लगाएका छन् ।
रुस बाहेक पनि एक सयभन्दा बढी कोरोना विरुद्धको खोप सुरुवाती चरणमा रहेको र २० भन्दाबढी खोपको मानिसमा परीक्षण भइरहेको छ । जसमा अमेरिकामा हालसम्म ६ प्रकारका खोपमाथि काम भइरहेको छ र अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सन् २०२० कै अन्त्यसम्म अमेरिकाले खोप सार्वजनिक गर्ने दावी गरेका छन् । उनले अमेरिकासँग एक सुरक्षित र प्रभावकारी कोरोना विरुद्धको खोप तयार भइरहेको र यसै वर्षको अन्त्यसम्म सार्वजनिक गरिने बताए ।
यस्तै बेलायतमा पनि कोरोना विरुद्धको खोप बनिरहेको छ । बेलायतमा कोरोना विरुद्धको खोपलाई लिएर ४ सम्झौता भएको छ । बेलायतको एस्ट्राजेनेका कोरोना विरुद्धको खोपको १० करोड डोज तयार गरिरहेको छ र औषधि उद्योग जीएसकेर सनोफी पनि यसको उपचार पत्ता लगाउनेमा जुटेको छ ।
बेलायतको अक्सफर्ड विश्वविद्यालयले पनि कोरोना विरुद्धको खोप अन्तिम चरणमा रहेको बताएको छ ।अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोप ब्राजिल, भारत, दक्षिण अफ्रिका लगायतका मुलुममा भइरहेको छ र उसको खोपलाईलिएर अमेरिकासहित युरोपीय मुलुकलाई बढी आशा छ की यो खोप नै सफल हुनेछ भनेर । मंगलवार इन्डोनेशिया र मेक्सिको दुबैदेशले पनि घोषणा गरेको छ । यी देशमा कोरोना विरुद्धको खोप अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ भने ब्राजिलले पनिकोरोना विरुद्धको खोप बनाउने घोषणा गरेको छ ।
कोरोना महामारी सुरु भएदेखि नै विश्वका विभिन्न मुलुकहरुले खोप विकास गरिरहँदात्यसले अन्तिम नतिजा प्राप्त गरेर सफलता भने पाउन सकेको छैन । यसअघि बंगलादेश, ब्राजिल, भारतको पतञ्जली लगायतले पनिकोरोना भाइरस विरुद्धको खोप र औषधि बनाउँदै विश्वकै पहिलो भनेर घोषणा गरेको थियो ।
तर, विश्व स्वास्थ्य संगठनको मान्यता भनेपाउन सकेन । रुसले दुई चरणमै सफलता पाए भनेर विश्वकै पहिलो कोरोना विरुद्धको खोप घोषणा गरेपनि बाँकी दुई चरणमा के हुन्छभन्ने अहिले नै यकिन नभएको र विश्व व्यापीकरण हुन नसकेको अवस्थामा त्यो खोप कतिको विश्वसनीय छ आम नागरिकले विश्वासगर्न सकेका छैनन् । यद्यपि आशा भने जगाएको छ ।




