काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।
Advertisement
निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




