चितवन । सुरक्षित र सभ्य निर्माण गर्ने प्रहरी अभियानमा सत्यतथ्य समाचार सम्प्रेषण गरेको भन्दै चितवनका पत्रकार सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन । ६५ औ प्रहरी दिवसको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले अधिकारीलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरेका थिए ।
कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण एवं सामाजिक अपराध रोकथाम र नियन्त्रणमा प्रधान सम्पादक अधिकारीले खेलेको भूमिकाको मुल्यांकन गर्दै सम्मान गरिएको कुरा उक्त कदरपत्रमा उल्लेख छ ।
पत्रकार अधिकारी लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन । साथै उनीसँगै चितवन स्थित सिनर्जी एफएमका स्टेशन म्यानेजर रमाकान्त पौडेललाई समेत उक्त अवसरमा अवसरमा सम्मानित गरिएको थियो ।




