मेष : आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवार र शिक्षामा सफलता मिल्नेछ ।
वृष : आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
मिथुन : नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट : आज सन्तानबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह : आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपले सन्तोषप्रद रहनेछ ।
कन्या : आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
तुला : नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
वृश्चिक : आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
धनु : आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनीपनि हुनसक्छ ।
मकर : गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्नेछ ।
कुम्भ : आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
मीन : आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।




