नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक दीपक बज्राचार्यले कोरोना भाइरसबारे सचेतना जगाउन रिदम व्यान्डको साथमा ‘द कोरोना सङ’ गीत सार्वजनिक गरेका छन् । विभिन्न भाषाको सब टाइटलमा सो गीत अनलाइन मार्फन सात वटा देशमा एकै साथ सार्वजनिक भएको जनाइएको छ । ‘द कोरोना सङ’ सन्देशमुलक गीतको शब्द उनकै व्यान्डका सदस्य रिकि शाक्यका हुन भने यसलाई नेपाली भर्सनमा दीपकले नै गाएका छन् । अंग्रेजी भर्सनमा भने उनकी छोरी चेरिसा बज्राचार्यको स्वर दिएकी छिन् ।
युनिसेफ साउथ एसियाको प्रस्तुती रहेको यस गीतलाई केहि दिनमा बंगाली, हिन्दि, उर्दु, भुटानीलगायत साता भाषामा सुन्न सकिनेछ ।
नेपालको तर्फबाट भने दीपक बज्राचायको व्यान्डले प्रस्तुति दिनेछ । यस गीतलाई यूट्युवमा राखिएलगत्तै धेरै मानिसहरुले मन पराउन थालेका छन् । राखेको दिनमै ६३ हजारभन्दा बढी भ्यूअर्सहरुले यस गीतलाई हेरिसकेका छन् ।




