ए ! जयसिंह धामीका आफन्तहरू
ए ! निर्मला पन्तका आफन्तहरू
ए ! बाढीपीडितहरू
ए ! तराईवासीहरू
नकराओ न्याय पाएनौँ भनेर
नचिच्याओ आफन्तहरू बाढीमा हराए भनेर
नचिच्याओ घरबारी बगायो भनेर
नचिच्याओ गुहार–गुहार भनेर
नकराओ आफन्तहरू मरे भनेर
नकराओ ठूलो स्वरले
कसैको धार्मिक स्वतन्त्रताको
संवैधानिक हक हनन हुने गरेर
किनकि यति बेला राजधानीलाई तीज लागेको छ !
Advertisement
सिङ्गापुरे सारी लाएर
अपच हुने गरी खाएर
हङ्कङको चुरा बजाएर
गर्न सकिनेजति सबै हर्कत गरेर
कमाएको गहनाले सजिएर
छमछमी कम्मर मर्काई-मर्काई नाच्नु छ हामीलाई
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस




