काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित एवं संचारविज्ञ अनुवादक सञ्चार विज्ञ प्रभाकर घिमिरेद्धारा अनुवादित ‘बीपी कोइरालाको आर्थिक विचार’ पुस्तक आज राजधानीमा विमोचन भएको छ ।
डा. नेपालले २०३६ देखि २०३९ सम्म नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँगको सान्निध्यमा रहँदा र बीपीका विभिन्न प्रवचनहरू तथा उनका सम्बन्धमा प्राप्त सोध र अनुसन्धानका आधारमा उक्त पुस्तक तयार पारेका हुन् । डा. नेपालले यसअघि सन् २०१० मा ‘बीपीज् इकोनोमिक थट’ नामक पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तककै विस्तृत समीक्षाका रूपमा यो पुस्तक आएको छ ।
उक्त पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरी, नेपाली कांग्रेस संगठन विभागका उपप्रमुख देवीप्रकाश भट्टचन, बीपीबारेका अध्येता÷सोधकर्ता तथा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी, कारोबार दैनिकका सम्पादक कुवेर चालिसे तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष जनार्दन बरालले संयुक्त विमोचन गर्नुका साथै समीक्षात्मक टिप्पणी गरेका थिए ।
घिमिरे हाल नेपाल लगानी बोर्डमा सञ्चारविज्ञको कार्यरत छन । उनीसंँग समाचार पत्र दैनिक, कान्तिपुर दैनिक, काठमाडौं पोष्ट, नागरिक दैनिक ,रिपब्लीकामा काम गरेको झण्डै दुईदशकको अनुभव छ । उनले चितवनमा रहेरपनि लामोसमय पत्रकारिता गरेका थिए । उनी पत्रकार महासंघ, चितवनका पूर्व उपाध्यक्ष पनि हुन् ।




