चितवन । नेपाल रेडक्रस सोसाइटी कृष्णपुरले चौधौ उपशाखा सभा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखा सभापति कृष्ण ढकालको अध्यक्षता एवं जिल्ला शाखाका सभापति श्री ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यमा उपशाखा सभा गरिएको हो ।
कार्यक्रममा १० जनाले विशिष्ट सदस्यता लिएका छन । पूर्व सांसद जगन्नाथ पौडेल, सुजना ढकाल, शान्ति कुँवर ,पार्बती कंडेल,रीना पराजुली, बाबुराम अधिकारी, भीमा गौतम , तारा पाण्डे , धनपती भुर्तेल ,हरि भट्टले जनही रु पच्चिस हजार प्रदान गरेर नेपाल रेडक्रस सोसाइटीको बिशिष्ट सदस्यता लिएका हुन । त्यस्तै पन्ध्र जनाले दैनिक एक रुपैयाको दरले रेडक्रसलाई सहयोग गरेका छन ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश साम्सद मिलनबाबु श्रेष्ठ , संविधान सभा सदस्य अन्जनी श्रेष्ठ , पुर्ब साम्सद जगन्नाथ पौडेल , रेडक्रसका मन्त्री हरि पौडेल वडाध्यक्ष राजेन्द्रमणि काफ्ले , नेपाली काङ्ग्रेस भरतपुर सातका सभापति काशिनाथ अधिकारी र नेकपा प्रतिनिधि धर्मराज प्रसाईंले मन्तव्य दिएका थिए ।




