खुशी रमाईलो उमँङ्ग,अनि उत्साह पनका हँसिलो मुहारको कान्ति,मुस्कान ओंठका।
आँखाको स्वच्छ तेज हेराई,बन्छ ऐना बिम्ब
विहानी सधैं अविरल,ऊर्जामय भावका बहाब।
सुन्दर धर्तिको सुवास,स्वर्गको बगैंचामा
उहि फूल रमणिय जीवन,झाँगिदो संघर्षमा।
मनोकामनाका शिखर,उक्लिरहने हिम्मतहरु
उत्कृष्ट भावदृष्टि,बनेको छ अटल यात्राहरु
हरेक क्षणहरु सधैं बनिरहन्छ,उत्साह विहानी।
रमणिय संसार नै देखिन्छ,सहस्रै सधैं विहानी।
उत्कृष्ठ विचारहरुको,भावफूलमा संगाँलिएर अघि बढ्दो छ जीवन,भावमा सृजन फुलाएर।
सुन्दर जीवन मुस्कान दिई,मुहारको कान्तिसंगै
आखाँको उज्याँलो दृष्य,रमाउँछ भावफूलसंगै
जाँगर लगनशिलता चेतना संघर्ष,छन् निरन्तर
दृढ संकल्पसंगै बहकिन्छ,बनाई जिवन आधार
दु:ख सुख अभाव अनुभवको,खुट्किलो टेकी सधैं अगाडी बन्दो छ जीवन,बनी मन पौंरखी।
धर्यवान सफल असफलले,अझ छ कसिलो संघर्ष कर्तव्य हो जिवनको,यात्रा बन्छ रसिलो
सधैं उच्च विचारहरुमा,अग्रगति लिन्छ जीवन
असल उन्नत विचार भावले मात्र,बन्छ जीवन।
चेतना परिश्रम सीप कलाले,उन्नति बढ्दो छ
ईमान नैतिक चरित्र सृजनामै,जीवन सभ्य छ।
माया मोह सेवा मानविय,गरौं सत्य कर्तव्य
प्रगति सृजनाहरुमा फुल्न लेऊ ति भाव दृष्य।




