काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नयाँ सरकार बनाउन कसरत गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तथा नयाँ सरकारका लागि अघि बढ्ने निर्णय गरेको हो ।
साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको हो । सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।
Advertisement
शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




