भो ! अब त घर जानपर्छ । अरु युवा पनि घर फर्किदैै थिए । सुन्दर जीवनको भविष्य खोज्दै शहर पसेको भविष्य घर फर्किन्छ । नुवाकोट जिल्ला चाउथे र कुमरीको बीचमा पर्दछ खनियाखर्क । लमतन्न सुतेको डाडा बसन्त ऋतुुले हरियाली थियो ।
नाती-नातिना र छोरा बुहारी आइपुग्दा बुढा बा-आमा खुशी भए । आफ्नै केन्द्रदेखि टाढा र बाटोघाटोले गर्दा राजधानि नजिक भए पनि बत्ती मुनीको अध्यारो झै थियो । फेरि पनि अनिचित लकडाउनले सबै क्षेत्र अस्तब्यस्त थिए । बजार ब्यवसाय उधोग कलकारखाना यातायात बन्द थिए । सधैं भिडभाड हुने बजार सुनसान देखिथ्योे ।
सारा विश्वलाई कोभिड १९ ले त्रासमा पारेको छ । दोस्रो र तेस्रो लहर झनै गम्भीर थियो । निको हुने दर भन्दा सक्रमण दर बढी र मृत्यु दर पनि थपिदै थियो ।
एक किसिमले सबैको खुशी, माया, दया र इच्छा लुटिएको थियो । सबैको हातमा सेनिटाइजर र माक्स लगाउने वाध्यता थियो । मानिस-मानिस बीच डराउन पर्ने स्थिती छ । सरकारले आम नागरिकलाई सुरक्षित हुन अप्रिल गरिरहेको छ ।
खेतीको सिजन सुरु भयो । सबै खेतीमा लागे । हिजोको दर्कने पानीले खेतबारी राम्ररी भिजेको छ ।वषौदेखि बाझिएकोे गैह्री खेतले आज रुप फेरेको छ । लकडाउनले गैह्री खेत भाग्यमानी भएको छ । उचीत मल जल पाएको छ । समय बित्दै गयो । तितेपाती बनमारा र शिरु फुल्ने झाडीमा मकैको घोगा ठढिएको छ । कोदो ,बोडी ,सिमी र फर्सी पनि राम्रै फलेका छन ।
मकै पनि सुक्दै गयो । कोदो पनि पाक्दै गए । सबै बालीहरु भित्रिए । यसपाली मकै राख्नै ठाउँ थिएन । पोहोर साल छ महिना थेगेकोे अन्नपात यसपाली वर्षभरी नै धान्नेमा बुढा बा ढुक्क थिए । भविष्य पनि खुशी हुँदै नगरे के हुन र भन्दै थिए ।
यता भविष्यले सोच्योे । अब गाउँ नछोड्ने निर्णय लियो । घर फर्किएका युवाहरुलाई सगठित बनायो सहकारी मार्फत सामुहिक खेती पशुपंक्षी पालन योजना सुरु गर्यो । सबैका रोजी रोटी गाउँ मै सृजना भयो । मनग्य आम्दानी गरी सफल ब्यवसायी बन्यो र आफनो भविष्य र आफनो ठाउँलाई सुन्दर बनायो ।




