मेष : प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। परिबन्धले समस्या निम्त्याउन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ।
वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
मिथुन : लक्ष्यमा पुग्न प्रतिस्पर्धी विरुद्ध कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
कर्कट : शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
सिंह : समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि आजको कामले पछि फाइदा हुनेछ।
कन्या : अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
तुला : आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। हातमा आएको रकम खर्चनुपरे पनि मिहिनेतले आशा जगाउनेछ।
वृश्चिक : बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
धनु : अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला।
मकर : आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्न सकिनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। श्रमको उचित मूल्य पाइनेछ।
कुम्भ : कर्मका प्रेरक बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।




