मेष : फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
वृष : पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।
मिथुन : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कर्कट : अवसरका लागि केही त्याग गर्नुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।
सिंह : व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ।
कन्या : अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मनग्य धनलाभ हुनेछ।
तुला : अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।
वृश्चिक : पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न मुस्किल पर्ला। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
धनु : परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। घर–गृहस्थीमा समस्या आउने देखिन्छ।
मकर : सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
कुम्भ : बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्।
मीन : राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।




