सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा नवनिर्मित फुटबल रङ्गशालाको आज उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा फुटबल रङ्गशालाको उद्घाटन गरिएको हो । जीवेश्वर यूवा क्लबले मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा आकर्षक फुटबल रङ्गशाला तयार पारेको हो । क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले मधेश प्रदेशकै नमूनाको रुपमा प्यारापिटसहितको रङ्गशाला तयार पारिएको जानकारी दिए । बुढाथोकीका अनुसार ५०० दर्शक क्षमताको प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमसहितको सुविधायुक्त आकर्षक रङ्गशाला तयार पारिएको हो ।

सबै निकायको साथ, सहयोगले आकर्षक रङ्गशाला तयार भएपछि क्लबका पदाधिकारी र स्थानीय फुटबल प्रेमी उत्साहित भएका छन् । यही रङ्गशालामा भोलीदेखि प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
रङ्गशालाको उद्घाटन समारोहमा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
। फूटबल खेलले गाउ नगर र देशलाई विभिन्न फरक–फरक ठाउसँग परिचित बनाउन सकिने एक दृश्य शक्ति हो । खेलाडीहरु देशको एक हतियार भएकोले विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायले खेल क्षेत्रलाई प्रभावकारी रुपमा व्यवस्थित बनाउन नबलपूरको जीवेश्वर युवा क्लबलागी परेको छ ।
भोली माघ १६ गतेदेखि सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’ आयोजना हुने भएको छ । खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको जीवेश्वर युवा क्लबले जनायको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नवलपुर फुटबल रंगशालामा भोली माघ १६ गतेदेखि आयोजना हुने ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’मा मधेश प्रदेशका ८ तथा बाग्मती प्रदेशका २ र कोशी प्रदेशका २ टिम गरी १२ वटा टिमको सहभागिता रहने आयोजक संस्था जीवेश्वर युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिए । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको यस प्रतियोगिताले स्थानीय स्तरका खेलाडीको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

मधेश प्रदेशका नेपाल खेलकुद क्लव रौतहट, न्यू त्रियुगा स्पोर्टस क्लव सप्तरी,गोलबजार स्पोटर्स क्लव सिराहा,जीवेश्वर यूवा क्लव (आयोजक),धनषा ११ धनुषाधाम,रतनपुर यु. युथ क्लव बारा,वीरगंज युनाइटेड क्लव र गाईघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको सहभागिता रहने जीवेश्वर युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र र उपविजेतालाई नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाबाट खेलाडीको उत्पादन र पचिहानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जीवेश्वर युवा क्लबले जनाएको छ । २४ लाखभन्दा बढीको लागतमा हुने प्रतियोगिताका लागि लालबन्दी नगरपालिकाले ७ लाख र वडा नं. १ नवलपुरले ५ लाख सहयोग गरेको अध्यक्ष बुढाथोकीले बताए ।





