सर्लाही । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (क्रान्तिकारी) सर्लाही क्षेत्र नम्बर -३ क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर-३ का प्रतिनिधि सभाका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका बरिस्ठ नेता एबं पुर्ब गृहमन्त्री नारायणकाजी श्रेस्ठ संग अन्तरक्रिया गर्ने भएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) सर्लाही क्षेत्र नम्बर -३ क्षेत्रीय कमिटी द्वारा आयोजना गरिने कार्यक्रममा क्षेत्र नम्बर-३का उम्मेदवार नारायणकाजी श्रेष्ठ संग आगामी चुनाब र यश क्षेत्रका जनताको आर्थिक, सामाजिक, सास्कृतिक एब राजनीतिक सवालमा अन्तरक्रिया गरिने आयोजक अनेरास्ववियु (क्रान्तिकारी) का नेता सरोज रायमाझिले जानकारी दिए ।
हरुवन नगरपालिका वडा नम्बर -११ मा रहेको ग्रामीण स्वयंसेवक समाजको सभा हलमा भोलि बिहान -७ बजे हुने अन्तरक्रिया कार्यक्रममा आसन्न प्रतिनिधिसभा निर्बाचन र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बरिस्ठ नेता एबं पुर्ब गृहमन्त्री नारायणकाजी श्रेष्ठ लाई बिजय गराउन बिध्यार्थीहरुले खेल्नु पर्ने भुमिकाका बारेमा पनि अन्तरक्रिया हुने अर्का बिध्यार्थी नेता अभिषेक मैनालीले जानकारी दिए ।




