काठमाडौ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्बाचन सामान्य निर्बाचन नभएको हुदा यसलाई एतिहासिक महत्वका साथ सम्पन्न गर्न युवा पुस्ताले गम्भीर भएर लाग्नु पर्ने समय आएको नेपाली कम्युनिस्ट पार्टीका बरिस्ठ नेता एबं पुर्ब गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सर्लाही काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको सर्लाहीका मतदाता संग `उम्मेदवार भेटघाट´ कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फागु २१ गतेको चुनावलाई चानचुने चुनावका रुपमा नलिन कार्यकर्ताहरु संग आग्रह गर्नु भएको सर्लाही काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष शम्भु नेपालले जानकारी दिए ।

सर्लाहीका चार वटै निर्बाचन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई एकै ठाउमा भेला गरि सर्लाहीका मतदाता संग `उम्मेदवार भेटघाट´ कार्यक्रम मार्फत जन सन्देश प्रवाह गरिएको समितिका अध्यक्ष नेपालको भनाइ छ ।

काठमाडौको तिनकुने मण्डला पार्टी भेन्युमा आयोजना भएको `उम्मेदवार भेटघाट´ कार्यक्रक्रममा आफ्ना उम्मेदवारहरु संग सर्लाही बासिले खुलेर अन्तरक्रिया गरेका सर्लाही काठमाडौँ सम्पर्क समन्वय समितिका सल्लाहकार सन्तोष दाहालले जानकारी दिए ।




