सर्लाही । सर्लाहीको इश्वरपुर –८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी रोजित केसीले लीयका छन ।
गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला केसि पीडीतको मलम बनेर पूगेका छन ।
आमा र बाबु दुवै साथमा नभएका मोनिका मिजार , मनिष मिजार ,खुसि मिजार,मन्दिप मिजार र सन्दिप मिजारको पिडा र दैनिक जीवनमा परिरहेको समस्या समाधानका लागि केसीले जिम्मेवारी लिएका हुन् । फौजदारी कसुरमा जेल परेका बाबु र दोस्रो बिबाह गरि गएकी आमाबाट छुट्टीएपछि सहारा बिहिन भएका वालवालिकाको शिक्षा दिक्षा तथा घर निर्माणको जिम्मेवारी लिन आफु तयार भएको रोजित केसीले जानकारी दिए ।
पुर्व राष्ट्रिय खेलाडी रोजित केसी मिजारको घरमै पुगी उनले आगामी दिनमा पर्ने गाह्रो सारो र घर निर्माणको लागि आफुले जिम्मवारी लिने बताए । लामो समय राष्ट्रिय फुटबल टिममा रहेका उर्जावान खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य सँगै राजनितीमा सकृय छन् ।नेपाली कांग्रेस इश्वरपुर –८, का सभापती समेत रहेका केसी युवा तथा खेलकुद प्रेमीमाझ लोकप्रिय मानिन्छन ।
घर बनाइदिने भयपछी दलित परिवार घर निर्माण तथा पालन पोषणको जिममा लीय पछी मिजार परिवारको साराहा बनेकोमा उनिहरु खूसी भयका छन ।




