सर्लाही । हरिवन नगरपालिका वडा नम्बर -८, चापिनीमा रहेको लक्ष्मी नारायण मन्दिरमा आयोजित सात दिने श्रीमद् भागवत महायज्ञको उद्घाटन गर्दै मन्त्री कुशवाहाले धार्मिक एकतासँगै विश्व शान्तिको कामना गर्न सबै भक्तजनहरुमा आग्रह गरेका छन् ।
मधेश प्रदेश सरकारका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले शान्ती, प्रेम तथा अमनचयनका लागि सबैले विश्व शान्ती र आत्मा शान्तीका लागि प्रार्थना गर्नु पर्ने बताएका हुन् ।
मन्त्री कुशवाहाले आफ्नो तर्फबाट मन्दिरको भौतिक संरचनाका लागि भरपुर सहयोग गर्ने पनि बताएका स्थानीयको भनाइ छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपिनाथ घिमिरेको अध्यक्षता भएको उद्घाटन समारोहमा स्थानीय भद्र भलादमी तथा सामाजिक ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो

लक्ष्मीनारायण मन्दिरको स्तर उन्नति र बैभबको लागि कार्यक्रम आयोजना गरिएको सामाजिक एबं राजनितीक ब्यक्तित्व भरत कुमार कार्कीले जानकारी दिए । महायज्ञ बैशाख -४, गते सम्म चल्ने बताइएको छ ।




