सर्लाही । सर्लाहीमा ट्याक्टर प्रयोग गरी अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–२ नदियापकडी स्थित विशेष सूचनाका आधारमा शूक्रबार राती ससत्र प्रहरिको टोलीले ट्याक्टरमा लोड गरियको काठ चेक जाच गर्ने क्रममा अबैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ससत्र प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमा गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर (डूम्री ) जातको गोलिया काठ नियन्त्रणमा लिइएको ससत्र प्रहरिले जनायको छ । बरामद काठको मूल्य करिब ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्याक्टरको मूल्य १० लाख रुपैयाँ आँकलन गरिएको डिभीजन बन कार्यालय सर्लाहीले जनायको छ । बरामद गरियको काठ र ट्याक्टरसहित जम्मा मूल्य १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको रहेकोे सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाइएको र काठ तथा ट्याक्टरको बारेमा थप अनूसन्धान भैरहेको र डिभिजन वन कार्यालय लालबन्दीका डिभिजन बन प्रमूख सन्तोस कूमार झाले बताएका छन ।





