सासापुर, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ४ स्थित हरिवन नगर अस्पताल सासापुर, गणेश चोकमा अब २४सै घण्टा चिकित्सकसहितको आकस्मिक तथा अन्तरंग स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।
गत चैत्र ८गते नै ईमर्जेन्सी सेवाको एक कार्यक्रम का बिच शुरु गरिएको भए पनि त्यस्को केही दिन मै प्राबिधिक कारण बश रोकिएको ईमर्जेन्सी अस्पताल भर्ना सेवा ११गते बाट सुचारु गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी ले बताउनु भयो । नेपालमा लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर यही वैशाख ११ गते शुक्रबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हरिवन नगरपालिकाले जनाएको छ।
अस्पतालमा अब आपतकालीन अवस्थामा जुनसुकै बेला पनि चिकित्सकको उपस्थितिमा उपचार सेवा उपलब्ध हुने भएको छ। यसअघि सीमित समयमा मात्र उपलब्ध सेवा अब चौबीसै घण्टा सञ्चालन हुने भएपछि स्थानीय बासिन्दालाई सहजता हुने नगर अस्पताल का इन्चार्ज मोहन घिसिङ्ग ले अपेक्षा गरिएको बताउनु भयो ।

त्यसैगरी, २०८३ साल वैशाख १३ गतेदेखि सार्वजनिक विदाका दिनहरूमा समेत बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म प्रयोगशाला ल्याब ) सेवा नियमित रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ।

यसले विदाका दिनमा पनि आवश्यक स्वास्थ्य परीक्षण गर्न सहज बनाउने विश्वास गरिएको छ । हरिवन नगरपालिकाले सम्पूर्ण नगरवासी तथा सेवाग्राहीलाई अस्पतालबाट उपलब्ध सेवाहरूको अधिकतम उपयोग गर्न हार्दिक अनुरोध गरेको छ।




