सर्लाही । सर्लाहीको बलयबासमा ७० जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा बयलबास ६ मा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सरिक भई ७० जनाले रक्तदान गरेका लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डका अध्यक्षमा डा. आलोक कुशवाहाले जानकारी दिए ।
स्वास्थ्य शिभीर र रक्तदान कार्यक्रमको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डले गदै आईरहेको छ ।
हाम्रो समाजमा कतिपय राम्रो अभ्यास पनि भइरहेका छन् । जस्तो कि, रक्तदान । कुनैपनि अवसर पारेर गाउँ, टोल, चोक, गल्लीमा रक्तदान कार्यक्रम राखिन्छ । भनिन्छ, ‘रक्तदान, जीवनदान ।’अर्थात हामीले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्युको संकट टर्छ । नयाँ जीवन पाउँछन् । यसर्थ हामीले रक्तदान दिएपछि त्यसले अरु कुनै पीडित व्यक्तिको उपकार हुन्छ ।
तर, हामीलाई के भ्रम हुनसक्छ भने रक्तदान दिनु भएको अरुको हितको काम गर्नु हो । रक्तदान दिइरहँदा अरुलाई त त्यसबाट लाभ मिल्न सक्छ नै, आफुलाई पनि । रगत दान दिनु भनेको हामीले कुनै हानी–नोक्सानी व्यहोर्नु हुँदै होइन । यसले हाम्रो शरीरलाई हित गर्छ ।
लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डले ईश्वरपुर नगर अस्पतालमा मिर्गौला (किड्नी) सम्बन्धी डायलाइसिस सेवा सुरु भय सगै रगत कम नहोस भन्ने हेतूले रक्तदान कार्यक्रम आयोजना गरीयको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का सदस्य मुकेश सार्फीले जानकारी दिए ।

रक्तदानप्रति मानिसहरूको सोचाइमा परिवर्तन हुँदै आएको अध्यक्ष कुशवाहाले जानकारी दिए । उनले भने, ‘रक्तदान गर्नेहरू पहिलेभन्दा बढ्दै गएका छन्, पहिले डराएर विभिन्न बाहाना बनाउनेहरु अहिले हासीखुसी रगत दिन्छन् । रक्तदान सम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैनन् । यसको बारेमा सचेतिकरणको आवश्यक रहेको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड अध्यक्ष कुशवाहाले बताए ।
नेपाल रेडक्रस सोसाइटी बदिबास महोत्तरि शाखासँग प्राविधिक सहयोग लिएर रक्तदान कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष कुशवाहाले जानकारी दिए । उक्त कार्यक्रमको उद्घाटन सत्रमा ईश्वरपुर नगरपालीकाका नगर प्रमूख मनोज कूमार आर्चाय ईश्वरपुर उधोग वाणिज्य संघका प्रतीनिधि लालबन्दि उधोग वाणिज्य संघ लालबन्दिका अध्यक्ष महेस कूमार महतो सदस्य राहूल चौधरि गोपाल क्षेष्ठ नेपाल रेडक्रस सोसाइटी बदिबास महोत्तरि शाखाका प्रतीनिधी, लाइन्स कल्ब इन्टरनेस्नल अन्तर्गतको डिष्ट्रिक ३२५ एच का एरिया को–अर्डिनेटर राजकुमार न्यौपाने इलाका प्रहरी कार्यालय केशरगंजका प्रमुख प्रहरी लगायतको उपस्थिति रहेको थियो ।




