दाङमा धारिलो हतियार प्रयोग गरी एक युवतीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट डीएसपीसहित खटिएको प्रहरी टोलीले घटनामा संलग्न युवकलाई नियन्त्रणमा लिएको हो।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले चिन्ता व्यक्त गरेका थिए। भिडियो हेरेपछि सर्वसाधारणले आक्रमणकारी को हो, घटना कहाँ को हो र पीडित युवतीको अवस्था कस्तो छ भन्ने चासो व्यक्त गरेका थिए।
Advertisement
प्रहरीले आरोपीलाई पक्राउ गरेको खबर सार्वजनिक भएपछि स्थानीय तथा सर्वसाधारणले राहत महसुस गरेका छन्। घटनामा संलग्न युवकलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




