सर्लाही । अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट लालबन्दि ७ मा मोबाइल पसल रहेका सापकोटा मोबायल पसलका संचालक नवराज सापकोटा र उनका भाइ भूबन सापकोटा सबार मोटरसाइकल लाय अपरिचित ३ जनाको समूहले लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर बाट आईडिएल बोर्डिङ स्कुल तर्फ जाने क्रममा बुधबार करिव ९ः०५ बजे राति सापकोटा मोबाइल पसलका सञ्चालक नवराज सापकोटा माथि गोली प्रहार भएको हो ।
सापकोटा मोबाइल पसलका सञ्चालक नवराज सापकोटा र उनका भाइ सबार मोटरसाइकल रोकी मोबाइल बनाउनू छ भनेर तीन जना हतियारधारीको समूहले ४ राउण्ड गोली चलाएको, जसमध्ये ३ राउण्ड पड्किएको र १ राउण्ड नपड्किएको बताइएको छ । तीन जना हतियारधारीको समूहले मोटरसाइकल रोक्ने बितीकै नवराज सापकोटाले भाइलाइ भाग भनेको र भाइले बाइक अली पर गयर मोटरसाइकल रोकेर हतियारधारीको समूहलाइ ढूङ्गा हानेको मोबाइल पसलका सञ्चालक भाई भूबन सापकोटाले बताउ ।
घटनाबारे जानकारि आउने बितीकै इलाका प्रहरि कार्यालय लालबन्दिबाट प्हरि टोली घटनास्थल पूगेर अनूसन्धान सूरु गरेको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना हतियारधारी अपरिचित व्यक्तिको पहिचान खूलेको छैन । गोली प्रहार गरेर फरार भयकाको खोजि कार्यसूरु भयको सर्लाही प्रहरीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।





