सर्लाही । इश्वरपूर नगरपालीका वडा नम्बर ५ सखूबनिमा विकासको नयाँ आयाम थप्ने उद्देश्यसहित सखूबनिमा सखूबनि यूवा कल्बको खेल मैदानको शिलान्यास गरिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउने उद्देश्यका साथ जनताको मागलाई प्राथमिकता दिँदै खेल मैदान निर्माण थालिएको इश्वरपूर नगरपालीकाका नगर प्रमूख मनोज कूमार आर्चायले बताउनुभयो ।
सिलान्यास कार्यक्रम इश्वरपूर नगर प्रमूख मनोज कूमार आर्चाय प्रमुख आतिथ्यतामा तथा वडा सदस्य स्थानिय यूवा राजनितीक दलहरुको विशेष उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको यूवा समाजसेबि एवंम सखूबनि यूवा कल्बका अध्यक्ष उमेश आलेले बताउनू भयो ।
नगर प्रमूख आर्चायले स्थानीय विकासलाई द्रुत गतिमा अघि बढाउन खेलकुद क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताउँदै ‘खेलकुदले युवा पुस्तालाई अनुशासित, स्वस्थ , सिर्जनशील बनाउने भएकाले स्थानीय सरकार खेल पूर्वाधार विकासमा केन्द्रित रहेको नगर प्रमूख मनोज कूमार आर्चायले भन्नु भयो ।
स्थानीयवासी बिनू श्रेष्ठको समेत उपस्थित रहेको उक्त कार्यक्रममा सहभागीहरूले खेल मैदान निर्माणपछि खेल गतिविधि बढ्ने र युवा पुस्ताले लाभ पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
इश्वरपूर ५ सखूबनिमामा निर्माण हुन लागेको यो खेल मैदानले निर्माण सम्पन पछी विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्न टेवा पु¥याउने विश्वास सखूबनि यूवा कल्बले लीयको छ ।
सखूबनि यूवा कल्बका अध्यक्ष उमेश आलेले विनियोजित बजेट मार्फत यस वर्ष पर्खाल सहितको घेराबार निर्माण, खेलमैदान सम्याउने लगाएतका काम हुने बताउनुभयो । सखूबनि यूवा कल्बलाई खेल मैदानलाई फुटबलको हबको रुपमा विकास गर्नका लागि इश्वरपूर नगरपालिकाले देखाएको सक्रियता प्रति अध्यक्ष उमेश आलले आभार व्यक्त गर्नुभयो ।

खेलमैदान स्तरोन्नतिको ठेक्का रोशन इन्जिनियरिङ्ग एण्ड विल्डस प्रालीले प्राप्त गरेको छ । कम्पनीले भ्याट सहित २५ लाख ६१ हजार ४५१रुपैया २५ पौसाको लागतमा यस वर्षको मंसिर २५ गते काम सम्पन्न गर्ने गरी इश्वरपूर नगरपालिकासँग सम्झौता गरेर निर्माण कार्य अघि बढाइने छ ।
निर्माण सम्पन्न भएलगत्तै सखूबनि यूवा कल्बले फुटबल प्रतियोगिता आयोजना गर्ने सखूबनि यूवा कल्बका अध्यक्ष उमेश आलेले जानकारी दिए ।





