सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गर्न सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ ।
सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो ।
असार १० गते राति करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासको विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा नं. १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको ससत्र प्हरिले करिब ८० जनाको संयुक्त टोलीले बलराको सीमा क्षेत्रमा छापा मारेको थियो ।
ससत्र प्रहरिको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २ सय बोरा खरबुजाको बीउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो र एक नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलले जनायको छ ।
सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए । त्यसपछि ससत्र प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएको जनाएको छ । मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२ नम्बरको भारतीय बोलेरो पिक अप, बिआर ०६ ई ९६२९ नम्बरको बोलेरो पिकअप, बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ नम्बर गरेर ४ भारतीय बोलेरो पिकअप गाडी रहेका छन् ।
बरामद गरिएको खरबुजाको बीउको अनुमानित मूल्य एक करोड नौ लाख रुपैयाँ रहेको बताइएको छ । सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ । भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १०हेक्वा सर्लाहीका प्रमूख ससत्र प्रहरि उपरिक्षक अबर बाहादूर खत्रिले जानकारि दिय । सीमा क्षेत्रका सर्लाहीका विभिन्न नाकाबाट दैनिक उपभोग्य सामग्री, कपडा, चिनी, कुखुरा, खैनी, स्पेयर पाट्र्स लगायतका वस्तुहरू ठूलो परिमाणमा सामान नेपाल भित्रिने र नेपालबाट मदिरा, फलफूल तथा अन्य सामग्री भारततर्फ तस्करिहूने क्रम जारी रहेको समेत देखीन्छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गर्न सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ ।





