सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले सर्लाहीको सिमा क्षेत्रमा तस्करी नियन्त्रणकालागी दूई गूल्मकालागी ९ ओटा बिओपी जसमा ससत्र प्रहरि बल नेपाल सिमा सूरक्षा गूल्म सिमरा मातहतमा ४ ओटा बिओपी र सिमा सूरक्षा गूल्म मंलगवा मातहत छ बिओपी रहेका छन । गूल्म पतीकै कमान्ड कमजोर भयकाले सर्लाहीको सिमा क्षेत्रमा तस्करि मैलायको पाइन्छ ।
सर्लाही । सर्लाही जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो । आइतबार सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित एक घर गोदाममा लुकाइछिपाइ राखेको करिब एक करोड रुपैयाँ बराबरको अवैध कपडा सुरक्षाकर्मीले बरामद गरेको छ ।
भारतबाट तस्करी गरी भण्डारण गरिराखेको अवस्थामा सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीको निर्देशनमा सशस्त्र प्रहर,नेपाल प्रहरि र सर्लाही भन्सार कार्यालय संयुक्त टोलीले हरिपुर्वा ३ धनकौलस्थित गोदाममा लुकाइछिपाइ राखेको अबस्थामा सूरक्षा निकायले छापामारीगरिे दुई भ्यान र एक पिकअप अवैध कपडा नियन्त्रणमा लिएको ससत्र प्रहरिले जनायको छ ।
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी विष्णु प्रसाद भट्टका अनुसार धनकौलका व्यापारी सत्यनारायण साहको घरमा तस्करीका कपडा भण्डारण गरि राखेको गोप्य सूचनाका आधारमा घरलाई घेरा हालेर छापामारी गर्दा ठूलो मात्रामा तस्करीको कपडा बरामद भएको ससत्र प्रहरिले जनायको छ ।
नेपालमा एउटा उखान छ “जुन गोजी आए कानै चिरेको” भने झै सर्लाहीका सुरक्षा निकायका जुन प्रमुख आएपनी तस्करी कार्य रोकिएका छैनन् । भारतको सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको कपडा नेपाल भारत सिमा क्षेत्रबाट करिब सात किलोमिटर उत्तरस्थित पूर्वि धनकौल गाउँमा भण्डारण गरिएको थियो ।
अबैध रुपमा लुकाई राखेको बिभिन्न प्रकारका कपडाको मूल्य रु ९७ लाख १९ हजार ६सय ३० को बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको छ । अबैध रुपमा लुकाई राखेका कपडा आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ । सर्लाहीमा पछिल्लो समय सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीले तस्करी विरुद्ध सञ्चालन भइरहेको अभियानकै ठूलो सफलता हो । पछिल्लो समयमा सर्लाहीमा तस्करी कार्य मौलाउदै गएका छ । तस्करीले आफनो रेकर्ड आफैं तोडिदै पछिल्लो समय सर्लाही तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।
सर्लाहीको सिमा क्षेत्रमा भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा छड, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु चोरी निकासी गर्दै आएका छन् । तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले सर्लाहीको सिमा क्षेत्रमा तस्करी नियन्त्रणकालागी दूई गूल्मकालागी ९ ओटा बिओपी जसमा ससत्र प्रहरि बल नेपाल सिमा सूरक्षा गूल्म सिमरा मातहतमा ४ ओटा बिओपी र सिमा सूरक्षा गूल्म मंलगवा मातहत छ बिओपी रहेका छन । गूल्म पतीकै कमान्ड कमजोर भयकाले सर्लाहीको सिमा क्षेत्रमा तस्करि मैलायको पाइन्छ ।
ससत्र प्रहरि बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीका प्रमूख र ससत्र प्रहरि बल नेपाल सिमा सूरक्षा गूल्म मंलगवा र सिमरा प्रमूख एवंम गूल्म पतीकै कारण सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको आरोप छ । सीमामा तैनाथ केही सुरक्षा निकायकै मिलेमतोमा तस्करी हुने गरेको आरोप भने पुरानै हो। सर्लाहीमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीका दुई गुल्म र नौ वटा बीओपी (बोर्डर आउट पोस्ट) रहे पनि केही सुरक्षा अधिकारी र तस्करबिचको साँठगाँठका कारण अवैध कारोबार रोक्न चुनौती कायम रहेको ससत्र प्रहरि स्रोतको भनाइ छ ।
यसैबिच गत असार ११ गते बलरा नगरपालिका–२ हथियौल नाकाबाट भारतीय नम्बर प्लेटका चारवटा पिकअप र एउटा नेपाली ट्रकमा लोड गरिराखेको अवस्थामा २४९ बोरा फर्सीको बीउ सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीको बिसेस सूचनाको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
डिआइजी भट्टले मधेश प्रधेशको जिम्मेवारी सम्हालेदेखि सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जालविरुद्ध विशेष अभियान सञ्चालन गरिएको सुरक्षा स्रोतको दाबी छ । सर्लाहीबाट नै असार महिनामै करोडौं रुपैयाँ बराबरका फर्सीको बीउ र कपडा बरामद हुनुले सर्लाही तस्करीको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुँदै आएको देखाउँछ । सीमामा तैनाथ केही सुरक्षा निकायकै मिलेमतोमा तस्करी हुने गरेको आरोप भने पुरानै हो । साभार- न्यूज २४ दैनिकबाट





