मन्दिरमा सप्ताह चल्दै थियो।सदगुरु पण्डितजीको वाचन भएकाले ठाँउठाँउबाट मानिसहरु ओईरीएका थिए।यदाकदा पण्डितजी आफ्नो मुखारबिन्दुबाट संस्कृतका पवित्र श्लोकहरु पनि हाल्दथे ।हार्मोनियम, तवला र बाँसुरीको मधुर धुनमा चर्को माईकद्वारा ति होमको धुँवासरी घनिभूत हुँदै जान्थे।अनी ति श्लोकहरुका अर्थ बुझाँउदै पण्डीतजी चल्तीका चार पाँच थान टुक्के भजन गाँस्न पनि भ्याईहाल्थे।
“हाय! ब्रमाण्डै भरीका
हामी त उनै हरिका ।
हरे! कैलेको हो मरण ?
आखिरी उनकै शरण।।”
उनको यो भजनमा उनकै मण्डलीले घाँटी तन्काई तन्काई साथ दिन्थ्यो।उसै तल प्राङगणमा एक हूल महिलाहरू ढलपल गर्दै बुङबुङ धूलो उडाउँथे । धानको राश झनझन चुलिँदो थ्यो ।फेरी पण्डीतजीले श्लोक हालीहाले।
” अर्थातुराणां न सुखं न निद्रा
कामातुराणां न भयं न लज्जा ।
………………………………
क्षुधातुराणां न रुचि न बेला ॥
भनेमा के हुन्छ भने देखुनलाई पैसा र सम्पतीको लालचीलाई न सुख हुन्छ न निद्रा लाग्छ ।त्यसैले सम्पती जो छ त्यसलाई दान जस्तो पुण्यकार्यमा लगाउनु उत्तम हुन्छ। “पुरै श्लोक अर्थ्याउन नभ्याउदै पण्डितजीको फोन किर्र -किर्र बज्छ ।पण्डितजी उठेर यस्सो पार्श्व लाग्छन।पछि सुनिन्छ: ” त्यै अलिकति बचेको जीउनी सक्न किन काठमाडौं लानु पर्यो र उपचार गर्न?अब हुने भए आफै निको हुन्छ । जाने बेला भएकालाई बेकारमा।”पण्डितजी हडबडाउॅदै आएर फेरी श्लोक हाल्दै भजन गान थाल्छन।म चाँहि अवाक हुँदै हतारहतारमा त्यहाँबाट निस्कन्छु ।
डा. सुबेदीको लघुकथा ‘लोभ’
डा. सुबेदीको लघुकथा ‘लोभ’
Advertisement
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस




