“कतै भेटिन्नन मेरा भावहरु”
अचेल
कतै भेटिन्नन् मेरा भावहरु
कबिताबाट हराएका छन्
गीतबाट लुछीएका छन्
सारमा छैनन् ,सूरमा छैैनन्
तैपनि
हरपल आफैंलाई मरीमेटन
उचालिन्छन एकलहर भावहरु
निस्कन्छन एकलहर स्वरहरु
अतालिंदै निसासिंदै
अनि बिचैमा आफैँलाई
निचोर्दै ,निमोठ्दै
आँफै मेटिन्छन
भेटिन्नन
मैले आफ्नै लागि राखेका भावहरु
आफैंले आफैलाई कुल्चेर
टुक्राटुक्रा बनेर
कणकणमा घुलेर डुबेर डुलेर
परेलाबिच चेपिएर उनिएर
अल्मलिएर चिप्लिएर
आफैं सकिन्छन्
त्यसैले
कतै भेटिन्नन मेरा भावहरु
कविताबाट हराएका छन
गीतबाट लुछिएका छन।
Advertisement
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस




