नेपाली साहित्यिक लेखक संघका केन्द्रीय सदस्य तथा मैयादेवी क्याम्पसका प्राध्यापक श्री सुरेन्द्र अस्तफल सरद्वारा रचित तेल भिसा शीर्षकको कृति पढ्ने अवसर पाएँ ।कृति पढे पश्चात केही शब्द नलेखी बस्न सकिन । कविता विद्या बोद्याको लागि अति कठिन विद्या हो । तर पनि कविले अति सरल सरस शब्दमा लेखी सामाजिक राजनैतिक तथा साँस्कृतिक विषय वस्तुलाई कलात्मक शैलीमा यथार्थ चित्र गरेका छन् ।
कृतिको शीर्षक र आवरणबाट नै प्रत्येक कविता विषयवस्तुको भाव झल्किरहेको पाईन्छ । नेपाली समाज संस्कृति र बदलिदै गएको महत्वकांक्षी जीवनशैलीको सजीव चित्रपण चित्रित उक्त कृतिमा ४९ वटा कविता र १०६ पृष्ठ छन् । कविताको अन्र्तवस्तु र भावमा पाइन्छ । प्रणय प्रेम, बुढेसकालमा सन्तानबाट एक्लिन परेको पिडा, मध्यम वर्गका श्रीमती बनेर नारीले निभाउन पर्ने कर्तव्य, जिम्मेवारी देशको राजनैतिक अस्थिरता, कोरोनाले पारेको अस्तव्यस्त जीवनशैली, छिमेकी देशको पटक पटकको दुद्र प्रहार माथि आक्रोश जस्ता समय सन्दर्भ विषय प्रस्तुत गरेका छन् । यस कृतिको शीर्षक नै तेल भिसा रहेकोले यसैमा केन्द्रीत छ ।
देशका कर्णधार तथा हरेक आमाबुबाका सपनाका प्रतिमूर्ति विभिन्न अवसर भौतिक प्रलोभनमा परेर विदेश पलायन हुन थालेपछि आफ्ना बच्चा स्याहार्नको लागि बल्ल आमाबाबालाई विदेश बोलाउने परिपाटीको खरो चित्रण गरेका छन् सन्तान गुढ छाडेर जति टाढा भएपनि मातृवात्सल्य कहिल्यै कम नहुने निस्वार्थ रुपमा प्रेमधारा बगाई कर्तव्य पुरा गर्ने आमा नातिको लागि माटो, बुहारीको लागि तेल र सुत्केरी मसला अनि गाईको घ्यू, ज्वानो र जिम्बुद्वारा प्रष्ट देखिएको छ । पाश्चात्य प्रवृति र भौतिक मोहले गर्दा आजका वृद्धवृद्धाहरुको उत्तराद्धका क्षण नैराश्य कटुतापूर्ण र एक्लो महसुस गर्दै बादलपारिका सन्तानका पर्खाइमा ओडार रुपि महलमा बस्न बाध्य भएको तितो यथार्थको चित्रण छ ।
यसै सब्ग्रहका अन्य कविताहरुशीर्षकसितै समेटिएका छन् प्रेमको अनुभूति पारिवारिक जीवनको कर्तव्यबोध, समयसँगसँगे अघि बढ्न पनि व्यक्तिवादी नबनी बहुलवादी बन्नु पर्ने सीता र नारी भृकुटी अनि बुद्ध बन्ने सन्देश पनि पाइन्छ । यस्तै ‘गनयन’ शीर्षक कवितामा चुलो, चौका र घर–परिवारको लागि सारा जीवन समर्पण गर्दै समय अनुसार आफू अघि बढ्न नसकेको यथार्थ जीवनको गुनासो आफ्नो पतिदेवमाथि पोखिएको छ ।
यस्तै टेम्पो चालक महिला कविता शीर्षकमा निम्न मध्यम महिलाको दिनचर्या सब्घर्ष तथा महिलाको बढ्दो स्वतन्त्रता र अधिकार प्राप्तिले निम्त्याएको, फेरि तिमीलाई पनि छोडीदिन्छु , पहिलेकोलाई जस्तै भन्ने शब्दले महिलावादी ऐन कानुनप्रति व्यब्ग्य गरेको छ । उक्त हरफले पति पिडित भन्ने नेपाली समाजका नारा कतै पति नै पिडित बन्दैछ कि भन्ने भाव बोध भएको छ ।त्यस्तै कमरेडलाई प्रश्न र अरिब् गाल शीर्षकले देश अवसरवादी स्वार्थी र कामचोर नेताको कर्तुत माथि प्रश्न उठाएको छ । बूढी घर फर्कौँ भन्ने शीर्षकमा तेल भिसा लागेर चिल्ला सडकमा हिडेपनि सिसामहलमा बसे पनि गाउँका उकाली ओराली र घुमाउने घरको यादले आफ्नै मातृभूमितिर मन तानिएको छ ।फरक परिवेश, संस्कृति र व्यस्तताको मुलुकमा आफू समायोजन हुन नसकी बाँदल माथि माथि पुगेर अड्न नसकी द्रवीभूत भएर पृथ्वीमा नै झरे झै भाषामा आफ्नै गाउँ फर्कन बूढीलाई अनुरोध गरेका छन् ।
समग्रमा तेल भिसा कृतिले वर्तमान नेपाली समाजको परिदृश्य अभिव्यक्त गरेको छ । यो कविता पठनीय छ ।
तेल भिसाले राष्ट्रमा मात्र नभई अन्तराष्ट्रसम्म फैलियोस् ।
बधाई तथा शुभकामना
गुरुवर




