मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ः वैदेशिक क्षेत्रको श्रमबाट आम्दानी बढ्नेछ । साथीभाइको सहयोगले राजनीतिमा झुकाब बढ्नेछ । निजी काममा व्यस्त रहे पनि आर्थिक उन्नति गर्न समस्या हुनेछ । परिवारमा प्रेमको बन्धन कसिलो बन्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )ः आफ्नो प्रतिभा प्रदर्शन गरेर आम्दानी गर्न सकिने छ । परिवारसँग मेलमिलाप हुनेछ । मान्यजनसँगको भेटले मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट साथ र सहयोग हुने योग रहेको छ । आफ्नो बोलीमा मिठासता रहेकाले कला र गलाको प्रशंसा हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) ः आज खानामा रुची नहुन सक्छ । परिवारमा आफू सानो बनेर जित्न सकिने छ । आफ्नो उचाइको हेक्का नहुँदा समाज र परिवारले आलोचना गर्नेछन् । न्यायपूर्वक गरेको श्रमको प्रतिफलबाट फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः आफूले थालेका कामबाट सफलता मिल्नेछ । बन्धुको सहयोग मिल्नेछ । परिवारको प्रेममा भने तपाईं शंकामा पर्ने दिन छ । परिवार र साथीसँगको भेटले दिन मनोरञ्जनपूर्ण बन्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) ः आज बनाएका योजनाले दीर्घकालसम्म प्रभाव राख्नेछन् । परिवारमा जमघट हुनेछ । अध्ययन र अध्यापनका लागि दिन सहज छ । सामाजिक क्षेत्रमा चासो रहनाले सेवाको अवसर मिल्ने योग छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ः दिन रमाइलो छ । विभिन्न कार्यक्रममा भेटघाट बढ्नेछ । राजनीतिक क्षेत्रको अन्तरक्रियाले समय बित्नेछ । तपाईंको कामले चर्चामा आउने योग छ । लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ । गल्ती जोगाउन नसक्दा प्रिय वस्तु गुमाउनुपर्ने हुनसक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )ः चाडपर्वको भड्किलो कार्यक्रममा सहभागी हुनाले रोग बढ्ने जोखिम रहेको छ । सामाजिक र बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ । न्यायिक क्षेत्रको झुकाब रहेकाले लगानीमा न्याय मिल्ने दिन छ । परिवारले रचनात्मक साथ दिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ः आजको दैनिकी रमाइलो छ । सोचेका काममा एकपछि अर्को सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले नयाँ सीप मिल्नेछ । परिवारमा भने बढ्दै गएको विवादले अप्ठेरो रुप लिने खतरा छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ः पारिवारिक प्रेममा तपाईंलाई झुक्याउने व्यक्ति धेरै छन् । तपाईंले गरेको प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। सांगठानिक जिम्मेवारीको प्रशंसा हुनेछ । सचेत बन्नु राम्रो हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) ः स्वदेशमा रोजगारीको अवसर मिल्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ । हिमाली क्षेत्रको जडीबुटी, पशु पालन र दुग्धजन्य व्यापारमा मन लाग्नेछ । संयुक्त लगानी गरेको भए व्यापार सफल बन्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) ः शनिदेव जन्मकुण्डलीको ३ र ६ स्थानमा भए दिन सहज बन्नेछ । परिवारमा शान्ति मिल्नेछ । जन्मकुण्डली देखाएर अगाडि बढ्नु राम्रो हुनेछ । मध्यसाढेसाती शनिदशाको वक्रगति आठौ स्थानमा छ। यसले गर्दा व्यवहारमा झन्झट पर्नेछ । ऋणको भार र रोगको चाप बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) ः बिहानै श्रीगणेश भगवानको आरती सुन्नमात्र भ्याए पनि दिन सहज बन्नेछ । आफूभन्दा साना पदमा रहेका व्यक्तिले कुरा काट्ने र अप्ठेरोमा पार्ने योग रहेको छ । ठुला व्यक्तिको संगत गर्न सिक्नु राम्रो हुनेछ। संकटमा परिवारले बचाउ गर्नेछ ।




