सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर -५, मा लाग्न गैरहेको ७ दिने एतिहासिक झन्डा मेलामा यो बर्ष कुस्ती खेल पनि सामेल हुने भए पछि दर्शकहरुको उपस्थिति बढ्न सक्ने आयोजकको आकलन रहेको छ ।
गत बर्ष जस्तै यो बर्ष पनि एतिहासिक झण्डा मेलामा दर्शकको उपस्थिति बक्लिन सक्ने भन्दै आयोजकको तर्फबाट बिशेष तयारी गरिएको झण्डा मेला आयोजक समिती संयोजक गंगाराम महतोले जानकारी दिए ।

मेलामा चर्चित कुस्ती खेलाडी देवा थापाका भाइ, “मेवा थापाको कुस्ती खेलले पनि दर्शकहरुमा उत्साह थपिने झन्डा मेला आयोजकको भनाइ छ । यस्का आलावा झुला, रोटे पिङ लगायत देशका विभिन्न स्थानमा प्रचलित जातिय एब रास्ट्रिय भेषभुषा सहित नाचको भरपुर प्रस्तुती रहने सामाजिक अभियन्ता एक नेपाली कम्युनिस्ट पार्टीका नेता गौरी महतोले जानकारी दिए ।

गएको बर्ष जस्तै यो बर्ष पनि एतिहासिक झन्डा मेला पनि शान्तिपुर्ण रुपमा सम्पन्न हुनेम अफुहरु बिश्वस्त रहेको समाजसेवी एबं युवा नेता सिङ लाल योन्जनले जानकारी दिए ।




