सर्लाही । सर्लाही जिल्ला निर्वाचन क्षेत्र १ मा महिला निर्वाचन परिचालन क्षेत्रीय भेला सम्पन्न लालबन्दिको नगरपालिका सम्पर्क कार्यालयमा सम्पन्न भएको छ ।

सर्लाही जिल्ला निर्वाचन क्षेत्र १ महिला निर्वाचन परिचालन क्षेत्रीय संयोजक गिता माझीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा नेकपाका केन्द्रिय सदस्य तथा मधेस प्रदेश सांसद बेची लुङ्गेली, पार्टीका केन्द्रिय सदस्यहरु साबित्रा बुढाथोकी, अम्बिका वाइवा,आरती लामा, कमल सुस्लिङ्ग मगरको आतिथ्यमा कार्यक्रम सुमित्रा श्रेष्ठले संचालन गरेका थिए भने शान्ता भण्डारीले स्वागत मन्तव्य दिनु भएको थियो ।

ईश्वरपुर नगर, लालबन्दी नगर, हरिपुर नगर, चन्द्रनगरका महिलाझरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रेख मन्डल, रमा पौडेल, सर्मिला सि चौधरी, भिष कुमारी बिश्वकर्मा तथा जेन्जिको तर्फबाट अनिता बुढाथोकीले आफ्नो मन्तव्य राखेका थिए ।





