रौतहट । पुर्ब मन्त्री समेत रहेका रौतहट क्षेत्र नम्बर -३ बाट प्रतिनिधि सभाका लागि जनता समाजबादी पार्टीको चुनाब चिन्ह छाता छाप लिएर चुनाबी मैदानमा उत्रिएका गोबिन्द चौधरीलाई यो पटक पनि जनताल्र अत्याधिक रुचाएका छन् ।
रौतहट जिल्लाको सिमरा भवानीपुर स्थायी घर भएका चौधरी नेपालको राजनीतिक इतिहास र त्यसको उतारचढाव लगायत विभिन्न कालखण्डका साक्षी पात्र हुन ।
आफू मन्त्री रहँदा होस या अन्य अबस्थामा चौधरीले रौतहट बासीका लागि दिएको योगदान आज पनि स्वर्ण अक्षर बनेर लेखिएको फतुवा बिजयपुर निवासी बिजय चौधरी बताउछन् ।
रौतहट जिल्लाका धेरै युवाहरुलाइ सरकारी जागीर खुवाउन तथा अन्य सेवामा प्रबेस गराउन चौधरीले खेलेको अहम भुमिका लाई जनताले कहिल्यै पनि भुल्न नसक्ने चौधरी बताउँछन् ।
गोबिन्द चौधरीकै प्रत्यक्ष अग्रसरतामा बल्चन पुर देखि पश्चिम बकैया सम्मको सडक स्तर उन्नति सहित कालो पत्रे गर्ने कार्य भएको बुटुवाका पान्डब किङरिङको भनाइ छ ।
त्यसै बहुचर्चित बकैया पक्की पुल पनि चौधरीकै अग्रसरतामा निर्माण भएको किङरिङ बताउँछन् । गुजरामा खानेपानी लगायत स्वास्थ र शिक्षामा पनि चौधरीको अपार योगदान रहेको स्थानीयको भनाइ छ ।
स्मरण शक्ति अत्यन्तै तिक्ष्ण भएका चौधरी एक पटक भेटेको मानिसको नाम र फोन नम्बर कन्ठस्त पार्ने गर्छन् । चौधरीको प्रभावशाली बोली र स्पस्ट ब्यबाहरले सबैलाई प्रभावित पार्ने गरेको छ ।
त्यसैले पनि यो पटक चौधरी लाई छाता छापमा मतदान गरेर जिताउने लक्ष आफुहरुको रहेको गुजरा नगरपालिका वडा नम्बर -२ मैरा कटानीका युवा आशिष महत बताउँछन् ।




