अझै पनि समाजमा नारीलाई हेर्ने सोचमा विभेद देखिन्छ
चिरिन्छ मुटु जब नारी बलात्कृत भएको समाचार लेखिन्छ
एक दुई जना बलात्कारीहरु लाई जब यहाँ जिउँदै रेटिन्छ
अनि बल्ल समाजमा यस्ता घटनाक्रमहरु बिस्तारै मेटिन्छ
नखाई नखाई हुर्काउछन छोरीलाई मुटुको टुक्रा ठानेर
अस्हय पिडा हुन्छ जब निमोठिन्छन यहाँ खेलौना मानेर
बुझ्दैनन किन नारी नै हुन यस जगतको मुख्य आधार
उनैमाथि अत्याचार गरी बढाउँछन् किन पापको भार
निर्मला जस्ता कैंयौं चेलिहरुले न्याय नपाएको बेला
फेरी अर्की भागरथी भट्ट परिन यहाँ पापीहरुको फेला
नारीबाटै जन्मिएर नारीलाई नै गर्छन किन यति हेला
हरेक ठाउँ ठाउँमा जनचेतना जगाउने आएको छ बेला
यो समाजको सोच र विचार जरैदेखि पुरै फेरिनु पर्छ
हरेक छोरी र चेली लाई सम्मानको दृष्टिले हेरिनुपर्छ
अब यस्ता जघन्य अपराध सधैका लागि नै मेटिनुपर्छ
बलात्कारीलाई जसले जहाँ भेट्यो त्यही नै रेटिनुपर्छ




