मेष : यात्राका क्रममा सामान्य समस्या देखापर्न सक्ने सम्भाबना रहेकोछ । भौतिक साधनको खरिदका निम्ती सामान्य खर्चको योग बन्नेछ ।
बृष : अध्यन अध्यापनका निम्ती समय मध्यम रहेकोछ । आफन्तजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आय आर्जनका निम्ती मान्यजनहरुको मार्गदर्शन उचित रहनेछ ।
मिथुन : प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।
कर्कट : यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । आय आर्जनका निम्ती मान्यजनहरुको मार्गदर्शन उचित रहनेछ ।
सिंह : खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।
कन्या : मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला ।
तुला : खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक : बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।
धनु : कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।
मकर : दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।
कुम्भ : स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मीन : मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।




