ऐँसेलु हराउँला, वनको काफल हराउँला,
नेपाली पोसाक बेच्ने त्यो पसल हराउँला।
इतिहासका सुन्दर दस्ताबेज साँची छन् अझै,
पहिले जस्तो ढुङ्गा माटो अनि जल हराउँला।
Advertisement
सानो संघर्षले पाएको होइन् आजको चुच्चे नक्सा,
छिमेकीसँग खासखुस चल्ला देशको क्षेत्रफल हराउँला।
पश्चिमाहरुको हावा लाईरहेको समाजमा,
आफ्नै मौलिकताको ढिकी, जातो, खल हराउँला।
जातीयता र वर्गीयताले गिजलिरहन्छ समाज अझैं,
खै ? कहिले पो यो विकृतिको दलदल हराउँला?
सरकारलाई खबरदारी त यो मानेमा गराउनु छ,
गरिबको चुला बल्ने दियो अनि त्यो पहल हराउँला।।
(पौडेल, श्री भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयकी शिक्षिका हुन् ।)
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस




