चितवन । जनचेतना यूवा समूहद्धारा कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रम संगै माक्स र सेनेटाईजर वितरण गरेको छ ।रत्ननगर नगरपालिका वडा नम्बर ९ मोहना अन्तर्गत पहिलो चरणमा मोहोवन टोल विकास संस्था , सितल टोल विकास संस्था र जस्पाल टोल विकास संस्था भित्र वसोवास गर्ने प्रत्यक घरधुरी र भाडामा वस्ने स्थानियहरुलाई कोरोना भाईरस (कोभिड–१९)वाट सुरक्षित रहनका लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सामाग्रिको जानकारी गराउदै उक्तसामानहरु वितरण गरिएको जनचेतना युवा समुहका अध्यक्ष खड्ग वहादु मैनालीले जानकारी दिनु भएको छ ।
करिव ३ घण्टाको समय लगाएर गरिएको सचेतना अभियानमा समाग्री वितरण समितिका संयोजक सुमन घिमिरे, पुर्व अध्यक्ष हिरा पौडेल ,समुहका पदाधिकारी एवम सदस्यहरुको सहभागिता रहेको सचिव धनन्जय शर्माले बताउनु भयो । सो अवसरमा ५ हजार पसि माक्स र २ सय ५० थान सेनेटाईजर वितरण गरिएको शर्माले वताए ।
कार्यक्रम सुरुहुन पुर्व कार्यक्रमकी प्रमुख अतिथि नगर कार्यपालिका सदस्य सरस्वती लामाले समूहका अध्यक्ष खड्ग वहादु मैनालीे र संरक्षक बावुराम घिमिरेलाई माक्स र सेनेटाईजर हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।




