चितवन । भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान ज्यान गुमाएका माडीका एक युवकको कोरोनाको कारण मृत्यु नभएको पुष्टि भएको छ । माडी नगरपालिकाका ६ का २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको थियो ।
उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो साढे २ भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




