काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित कोरोना अपडेटमा जनाइए अनुसार डोल्पाका एक पुरुष र धनगढी ४ की मृत्यु भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । मृगाैलाको डायलासिस गराइरहेकी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जनाए ।
यस सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको जनाइएको छ । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै नेपालभर ३ हजार २ सय ३५ जना संक्रमित पुगेका छन् भने १३ जनाको मृत्यु भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




