चितवन । नेपाल तरुण दल चितवनले आइतबार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढस्थित पर्व व्याङक्वेटमा भएको कार्यक्रममा १५ जना महिला सहित एक सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रमको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै सभापति श्रेष्ठले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्ने तरुण दललाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका सभापति तरुण दलका जिल्ला अध्यक्ष राजन ताम्राकारले जिल्लामा रगत अभाव देखिएकाले मानविय सेवा स्वरुप रक्तदान कार्यक्रम गरिएको बताउनुभयो। लकडाउनका कारण चितवनमा रगतको चरम अभाव सृजना भएको छ । धेरै कम मात्रामा रक्तदान कार्यक्रमहरु हुँदा जिल्लामा रगत अभाव देखिएको हो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




