पोखरा । गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित कास्की जिल्ला, पाेखरा महानगरपालिका स्थायी ठेगाना भएका ४२ वर्षीय पुरूष रहेका छन् । ती पुरूष पाेखरा महानगरपालिकाकाे क्वारेन्टाइनमा बस्दैँ आएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवक्ता डा. विनाेद विन्दु शर्माले जानकारी दिए ।
अहिले संक्रमित पुरूषलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे क्वारेन्टाइनमा लैजाने तयारी भैरहेकाे उनले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ सय १५ पुगेको छ ।
Advertisement



