चितवन । चितवनको भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ७ जनामा कोरोना भेटिएको भरतपुर अस्पतालले बताएकाे छ ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा भरतपुर–२८ का १७ र ३५ वर्षीय पुरुष, भरतपुर २७ का १९ वर्षीया युवती र ३५ वर्षीय पुरुष, भरतपुर–२० का २३ वर्षीय पुरुष, भरतपुर–१९ का १९ वर्षीय पुरुष र भरतपुर–११ का २३ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो । उनीहरु सबै संक्रमित भरतपुरका क्वारेन्टिनमा रहेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




