चितवन । चितवनको रत्ननगरमा सामाजिक अभियान्ताहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पारित गर्ने सरकारको रणनीति असफल पार्न विरोध सुरु गरेका छन । देशमा एमसिसि पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्ने युवा सामाजिक अभियान्ता सरोज ध्वज भण्डारीले वताए ।
त्यस्तै एमसीसी पारित भएमा नेपाललाई अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने युवा अभियान्ताहरुले वताएका छन । यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने उनिहरुको बुझाई छ । एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुने भन्दै चितवनका युवा सामाजिक अभियान्ताहरुले विरोधको कार्यक्रम सुरु गरेका हुन ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




