काठमाडौं। नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यस्तै हालसम्म ५ सय ८४ जनाले कोरोनालाई जितेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




