चितवन। चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज शुक्रबार थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएकाे छ । शुक्रबार पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टिनमा राखिएकाहरू हुन् । उनीहरू सबैजना भारतबाट फर्किएका थिए ।
यस अघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




