चितवन। चितवनमा थप सात जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड – १९ परिक्षण प्रयोगशालामा गरिएका ४ जिल्लाका गरि ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय एक जना पुरूष, नवलपुर (बर्दघाट सुस्ता पुर्व) जिल्लाको वौदीकाली ४ का २० वर्षीय एकजना पुरुष, नुवाकोट जिल्लाको ताराकेश्वर ५ की ६ र ३१ वर्षीया दुई जना महिला, अर्घाखाँची जिल्लाको भुमिकास्थान ६ का २०, ३५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
आइतवार प्रयोगशालामा ३ सय ८१ वटा नमूना परीक्षण गरिएकोमा सात जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य ३ सय ७४ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।




