नेपाली समाजको परिवेश अनुसार हाम्रो बानी व्यवहार , संस्कार ,रुपरेखा आदिलाई समेटेर हेर्दा हाम्रो औचित्य असाध्यै अन्य मुलुकको भन्दा फरक परिवेशमा पाईएको छ । किनकी हामी नेपालीको सोच विचार , कर्म भाग्य ईत्यादिको रुपरेखालाई विविध जात–जातीहरुले भिन्न भिन्न रुपमा लिएको पाईन्छ ।
हाम्रो ईच्छा आकांक्षा नै परम्परावादी सोचमा संकुचित छ । यदि कोही कसैले नयांँ युगान्तकारी सोचको शुरुवात गर्यो भने यसलाई समाज विरोधीको अहिंकार भिर्याईन्छ । हामी सधैं म र आफ्ना लागि मात्रै सोचिन्छ । आफू र आफ्ना बाहेक अरु सबैलाई फरक आंँखाले हेरिन्छ । यसरी मानिसका जीवनको गोरेटोमा अगाडी बढ्दै जांँदा विकासका चरणहरु पनि फरक फरक चरणको देखिएको छ । धनी मानिस झन झन धनी बन्दै गईरहेका छन । धनी र गरीब बीचको खाडल झन झन ठुलो बन्दै गईरहेको छ । यो सबै अहमवादी सोचको कारणले भएको निष्कर्ष निकालिएको छ । शताब्दीऔं अगाडिबाट अर्थात मानव विकासको शुरुवादी अवस्थाबाट नै मानव मानव वीचमा भौतिक , नैतिक तथा सामाजिक द्धन्द्धहरु हुदै आएको तितो यर्थातता सर्वविदित नै छ । सत्यगुग भन्ने स्वर्णिम कालमा पनि घटेका अप्राकृतिक घटना हरुले आजपनि सान्त्वना फैलाईरहेको छ । यस्तै इतिहासकालमा घटेको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय घटनाहरुले आजपनि समाजमा सन्त्रास फैलाईरहेको छ । विभिन्न कालखण्ड जस्तै मल्लकाल , लिच्छवीकाल , किरांँतकाल , नेपाल एकिकरण पहिलो विश्व युद्ध , दोस्रो विश्व युद्ध र विभिन्न जनआन्दोलन जस्ता घटनाहरुले मानव मानव वीचमा भएको बहुपक्षीय द्धन्दलाई कसरी उजागर गरेको छ यसलाई प्रष्टसंँग हेर्न र बुझ्न पाईएको छ ।
विश्वका प्रसिद्ध क्रुर शासकहरु जस्तै जजगीज खांँले आफ्ना दाजुलाई मारेको , युद्धमा चार करोड मानिस मारेर विश्वजन संख्यामा ११ प्रतिशतले जनसंख्या घटेको , यस्तै औरङ्गेज जेभले आफ्ना भाईलाई मारेको बुवालाई जेलमा हाली भोकै मारेको र हिन्दुहरुलाई चरम यातना दिएको, एडक,अडोल हिटलरले ६० लाख भन्दा बढी यहुदीहरुलाई मारेको , र स्टाभेनले आफ्नो २४ बर्षे कार्यकालमा २० लाख भन्दा बढी मानिसहरु मारेको , पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा किर्तीपुर विजयपछि त्यहांँका जनताको नाक काटी १७ धार्नी बनाएका, वल्डपुरले १० लाख कम्बोडियालीहरुलाई मारेको घटनाहरुबाट पनि ईतिहासकालमा मानिसमा हुनुपर्ने मानवता के कस्तो थियो भन्ने माथिका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय घटनाहरुबाट प्रष्ट हुन्छ । यसकारणले मानव विकासको शुरुवाती अबस्थाबाटनै मानवमा हुनुपर्ने मानवता नभएको पाईन्छ । मानवता भन्ने कुरा केवल आफ्नो स्वार्थमा देखाईएको प्रमाणित भएको छ । आफूलाई चाहिंँदा मानवता देखाउने र आफूलाई नचाहिंँदा अमानवता देखाउने कुरामा आफ्नो विचार कुण्ठित भएको बुझिन्छ । यसरी मानवमा हुने मानवतालाई आत्मभित्र कुण्ठित गरेर हत्या पिटपाटबाट आतंक विविध अप्राकृतिक , असामाजिक व्यवहारले हिजोबाट आजसम्म मानिसलाई शंका, क्रोध ,घमण्ड र स्वार्थ जस्ता अमानवीय व्यवहारमा लुप्त बनाएको छ ।
यर्थाथमा भन्नुपर्दा मानवमा हुनुपर्ने मानवतालाई एउटा दर्शनको रुपमा व्याख्या गरिएको छ । मानवता बढ्दो आधुनिकीकरणको शुरुवात संँगसंँगै नदेखिएपनि यो दर्शन निकै नै पुरानो दर्शन हो । मध्यकालिन १४ , १५ औं शताब्दीमा युरोपमा धर्मले जरो गाडेको थियो । मानविय मुल्य मान्यता हराएको थियो । धर्मवाद र सामन्तवादले गर्दा त्यहांँ मानवीय मुल्य एवं गुणलाई कुनै महत्व दिईएको थिएन । व्यक्तिको मुल्य स्वतन्त्रता एवं प्राज्ञिकताको कतै स्थान हुदैनथ्यो । धर्मगुरुको आधिपत्यमा व्यक्तिगत एवं सामाजिक मुल्यनै अस्तित्वहीन देखिन्थे । अनि वैज्ञानिक चिन्तन , वैज्ञानिक ज्ञान क्रमिक विकासले यसको विरुद्धमा आन्दोलन भयो र परिणामस्वरुप १६ औं शताब्दीमा आएर मानवतावाद को स्थापना भयो । यसैलाई युरोपमा पुर्नजागरणको अभियानको युग , व्यक्तिवादी स्वत्रन्ताको युग, मानवतावाद एवं समग्रमा मानवतावादको युग भन्ने गरेको पाईन्छ ।
यसरी मानवतावाद पुर्नजागरण बाट उत्पत्ति भई विकासको क्रममा आज मानवतावादी दर्शनको रुपमा विश्वसामु प्रस्तुत भएको छ । मानवतावादी दर्शनले व्यक्तिको विचार चिन्तनतर्फ र सिर्जनात्मक अभिव्यक्ति जस्ता पक्षहरुमा स्वत्रन्तता प्रदान गरी प्रजातान्त्रिक शिक्षा एवं संस्कृतिको विकासको साथै मानवलाई सम्पूर्ण कृयाकलापहरुमा केन्द्रीय भूमिका एवं मापदण्ड प्रदान गर्ने , सबै कला , संस्कृति एवं विज्ञानको गरिमाले विभूषित गरेको छ । मानवले प्रकृतिका समस्याहरु, शक्तिहरुलाई विज्ञान र तर्कले नियन्त्रण गर्न सक्छ भन्ने ठहर गर्दै मानिसहरु आफै शासक हुनुपर्दछ । आफ्नो स्वतन्त्रता , खुशी र प्रगतिको ढांँचा आफैले कोर्न सक्नु पर्दछ भनेर शिक्षाले सबै व्यक्तिहरुको विचारहरुलाई कदर गर्दै विकासपथमा लम्कन प्रोत्साहित गर्नुपर्दछ भनेर यस दर्शनको ठहर देखिन्छ ।
मानवताका आधारभूत सिद्धान्तहरुको व्याख्या गर्दा मानवतावाद विज्ञान र तर्क बाहेक अन्य कुरामा विश्वास नगरी यसले प्रकृतिलाई निरन्तर परिवर्तन हुने पद्धतिका रुपमा मान्दै ब्रम्हाण्डको स्वतन्त्र अस्तित्व स्वीकार्दछ । मानवतावाद विज्ञानमा विश्वास मान्ने मानिसलाई प्रकृति प्रदत्त र यसको एक अंश मान्दछ । मानिसको शरीर र व्यक्तित्वलाई एक मान्दै मृत्युपछि नासवान बुझ्दछ । मानवता अनुसार मानव चिन्तन भनेको मिश्रीत जीवित प्राणी र वातावरण बीचको अन्र्तक्रियाको परिणाम हो । मानवतावादका अनुसार मानवले आफ्नो तर्क र वैज्ञानिक विधिले सम्पूर्ण समस्याहरुको समाधान गर्न सक्ने सक्षमता हुन्छ । मानवतावाद अनुसार आफ्नो भाग्यको निर्माता र मालिक हो । मानवतावाद अनुसार मानिसको खुशी यस संसारमा निहीत छ । यसको प्राप्तिका लागि उसले सांस्किृतिक आर्थिक एवं नैतिक रुपले स्वतन्त्र हुनुपर्दछ ।
(लेखक : भरतपुर ११, चितवनमा रहेको नारायणी ई. पब्लिक स्कूलका प्राचार्य हुनुहुन्छ)




