चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को प्रकोपले विश्वको सबै क्षेत्रमा गम्भिर असर पुर्याएको र यसको असर सबै भन्दा बढी शैक्षिक क्षेत्रमा पर्न गएको छ । नारायणी ई. पब्लिक स्कूल भरतपुर ११ ले कठिन अवस्थामा पनि विधार्थीको शिक्षण सिकाई गतिविधिलाई निरन्तरता दिन विभिन्न शैक्षिक क्रियाकलापहरु पनि गर्दै आईरहेको छ ।
शैक्षिक सत्र २०७७ को सुरुवातको महिना बैशाख १५ गतेदेखि शिक्षक अभिभावक संघ सँग परामर्श गरी विधुतिय प्रणलिबाट अनलाईन कक्षा संचालन गरि विधार्थीलाई पठनपाठन गराइरहेको छ । कोरोना महामारीको कारणले सुरक्षित रुपमा घरमा नै बसिरहेका विधार्थी भाइबहिनिहरुलाई सामाजिक सञ्जाल फेसबूकबाट दैनिक रुपमा गृहकार्य प्रदान गरिरहेको हो । विधार्थीहरु घरमा बस्दा के–कसरी समय बिताएका छन, उनीहरुको गतिविधि कस्तो छ भन्ने विषयमा नियमित रुपमा अभिभावक संग बिचार विमर्स गर्दै आएको छ ।
साप्ताहिक रुपमा सामाजिक दुरी कायम गर्दै कक्षागत रुपमा अभिभावक भेला गरि गृहकार्य प्रदान गरिएको छ भने साप्ताहिक रुपमा नै गृहकार्य विद्यालयले बुझेको र उनीहरुलाई थप आवश्यकिय प्रदान गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा विगत ५ वर्ष अगाडिबाट संचालन गर्दै आइरहेको पोस्टर चित्रकला प्रतियोगिता यस वर्ष भने विषम परिस्थितिका कारण विधार्थीलाई आ–आफ्नो घर र घर वरिपरि वृक्षारोपण प्रतिस्पर्धा गराइएको र उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिने छ । विधार्थीले घरमा नै बसेर गरेको अतिरिक्त क्रियाकलापलाई प्रत्येक शनिवार स्कूलको सामाजिक सञ्जाल फेसबूकपेजमा समावेश गरिएको छ । विधार्थीको शैक्षिक र अतिरिक्त क्रियाकलापलाई नियमित रुपमा प्रोत्साहन गरिएको छ । विधार्थीको भविष्य उज्ज्वल बनाउन र उनीहरुलाई शैक्षिक गतिविधिमा निरन्तर सहभागी गराउन विद्यालय नियमित रुपमा लागि परेको छ ।




