चितवन । लागुऔषध ओसारपसार तथा दुरूपयोग दिवसको अवसरमा शुक्रबार भरतपुरको चौबीसकोठीमा दीप प्रज्वलन गरिएको छ । रिकभरिङ नेपाल बागमती प्रदेशको आयोजनामा ३३ औ लागुऔषध ओसारपसार तथा दुरूपयोग दिवस दीपप्रज्वलन कार्यक्रम गरिएको हो ।
रिकभरिङ नेपाल बागमती प्रदेशका संयोजक दिवाकरराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले लागुऔषध सेवनको कारणले विश्वभरी लाखौ मानिसहरु प्रभावित भई रहेको बताउनुभयो । कार्यक्रममा गृह मन्त्रालय उच्च स्तरीय लागुऔषध नियंत्रण तथा समन्वय समितिका सदस्य गौरबबाबु ढकाल, रिकभरिंग नेपाल केन्द्रीय उपाध्यक्ष धुर्ब के.सी., रिकभरिंग नेपाल बाग्मती प्रदेसका उपाध्यक्ष किरण गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण रिकभरिंग नेपाल बाग्मतीका कार्यक्रम संयोजक मनीष न्यौपानेले गर्नुभएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




